" लिखु गाउँपालिकाको दृष्टि:सुशासन मार्फत समृद्धि "

header AD
संक्षिप्त विवरण

लिखु गाउँपालिका कोशी प्रदेश अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ  ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ ओटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको  छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ ।  यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व  तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ ।

यस गाउँपालिकाकाे जम्मा जनसङ्ख्या १४०४९ रहेकाे छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेकाे छन् भने केहि मात्रामा सरकारि नाेकरि, व्यापार व्यवसाय, वैदेशिक राेजगार, सिकर्मि तथा डकर्मि पेशामा निर्भर रहेकाछन् । 

आधारभूत जानकारी
Koshi
Okhaldhunga
गाउँपालिका
88.03 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 12104
Male 5917
Female 6186
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website https://likhumunokhaldhunga.gov.np/

Coordinates: 27.379500° N, 86.237200° E